गुरुहरु प्रतिको अपार अदार सम्मान

जेठ १२, २०७६ (26.05.2019) / Updated on जेठ १८, २०७६ (01.06.2019) 589

सर्वज्ञ परम पूज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा अनन्त सेवा ढोग गर्दछौं ।

मानवताको पहिलो रुप नै धर्म हो र यो भन्दा अन्य रुप हुन सकिदैन । बास्तवमा धर्मको परिधि भन्दा बाहिर कुनै पनि तत्व रहेको हुँदैन । र रहन पनि सकिदैन । अतः मानव जीवनको एउटै मात्र उद्धेश्य भनेको धर्म प्राप्त गर्नु हो । समग्रमा यस विषयलाई बुझेर सत्यताको खोजीमा रहेका स्वदेशी तथा विदेशी संघ भक्तहरु मैत्री धर्मको यात्रामा अघि बढि रहेका छन । यसैको आधारमा बोधि मार्ग दर्शन मैत्री धर्ममा उहाँ धर्म संघ गुरुज्यूले पालनाको आधारमा सम्भव भए सम्मको मार्ग दर्शन प्रदान गरि रहनु भएको छ ।

मैत्री धर्ममा हामीले अपनाउनु पर्ने पहिलो रुप नै सर्व गुरुहरु प्रतिको अपार अदार सम्मानको साथै गुरु मार्ग गुरु, माआत्मा गुरु र संघ भक्त अनुयायीहरु बिचमा अपार अदार सम्मानको भाव प्रकट गर्नु हो । यसैको आधारमा हामी भित्र हुनु पर्ने धर्मका सर्व भाव गुणहरु स्वतः घामको प्रकाश झै प्रकाशित भएर आउने छ । त्यसैगरि हामी माझमा समझदारी, विश्वास, मेलमिलाप, एकताको भावना मजबुत भएर आउने छ । त्यसकारण मैत्री धर्ममा रहेका जति पनि गुरुमार्ग गुरु र संघ भक्त अनुयायीहरुले अपनाउनु पर्ने अथवा पालना गरिनु पर्ने धर्मको पहिलो नियम भनेको नै उच्च अदार सम्मान भाव प्रकट गर्नु हो । मैत्री धर्ममा यसको पालना सँगै अपार धर्म पुण्य प्राप्त गर्नुको साथै मनुष्य आत्माबाट विस्तारै लोप उन्मुख दिशातिर अघि बढि रहेको प्रमुख गुण तत्वहरु जस्तै एक अर्कामा दया, माया, करुणा, इमानदारीता, साथ र सहयोग, सत् धर्म प्रतिको अपार सम्मान आस्था, भक्ति, विश्वास बृद्धि बिकाश हुँदै वर्तमान सामाजमा देखिएका विकृति, विसङ्गति, दुरब्यवहार, कुरीति, हिंसा, कलह, कुविचार र देखावटी प्रयोग हुँदै आएका संस्कार, रीति रिवाज जस्ता अन्धविश्वास कर्मका रुपहरु पनि विस्तारै हट्दै जाने छ ।

यसै परिप्रेक्ष्यमा रहेर बोधि मार्ग दर्शन मैत्री धर्मको नियम अनुरुप १४ औ विश्व शान्ति मैत्री पुजाको सुअवसरमा महा माआत्मा र माआत्मा गुरु मार्ग गुरुहरुको स परिवार सहितलाई यहाँ उपस्थित सम्पूर्ण संघ भक्त अनुयायीहरुले अपार अदार सम्मानका साथ उहाँहरु प्रति गरिने ऐतिहासिक स्वागत कार्यक्रमको आयोजना सम्पन्न भएको छ । सबै संघ भक्तहरुबाट हुने सम्मानित स्वागत कार्यक्रममा महा माआत्मा र माआत्मा गुरुहरुका स परिवार सहितलाई एकै ठाउँमा राखेर धार्मिक बीधि अनुसार कार्यक्रममा उपस्थित सबैले भव्य सम्मान स्वरुप सेवा ढोग गरेर उहाँहरुबाट अपार आशिर्वाद प्राप्त गरेका थिए । यसै कार्यक्रममा संघहरुले (अथोअहस) पुरुष माआत्मा गुरुको धर्मपत्नि भएमा गुरु आमा मैत्री भाषामा (ञङृण) र (ठपोवा) स्त्रि माआत्मा गुरुको धर्मपति भएमा गुरु आपा मैत्री भाषामा (एयृण)को रुपमा पहिचान गरि स्वागत गरेका थिए ।

माआत्मा गुरु मार्ग गुरुहरु प्रति गरिने यस सम्मानित कार्यक्रमले गर्दा बोधि मार्ग दर्शन मैत्री धर्मको इतिहासको पानामा युग युगान्तर सम्म यस धर्ति लोकमा धर्म गुरु र सर्व साधारण संघ भक्त अनुयायीहरु विचमा हुनु पर्ने सुमधुर सम्बन्धलाई अझ मजबुत बनाउने छ । र संसारमा धर्म गुरु र संघ भक्त अनुयायीहरु बिचमा अपनाउनु पर्ने नियम के कस्तो हुनु पर्छ भन्ने विषयको जानकारी सबैको मन मस्तिष्कमा उदाहरणको रुपमा ताजा रहि रहने छ ।

केही वर्षको प्रतिक्षा पश्चात आधिकारीक रुपमा महा सम्बोधि धर्म संघ गुरुज्यूले मैत्री भाषाको उत्पत्ति गर्नु भएको छ । र यसै मैत्री भाषामा सन्यासी गुरु मार्ग गुरु र माआत्मा गुरु मार्ग गुरुहरुद्वारा पहिलो पटक मैत्री भाषामा लेखीएको परमात्मा गुरुहरुको पुजा पाठ र प्रार्थना पनि सम्पन्न गरेको छ । अन्तत यसै कार्यक्रममा दुर्लभ मैत्री भाषाको ऐतिहासिक उद्घोष पनि सफल भएको छ । क्रमिक रुपले अबको केही वर्षपछि मैत्री भाषाबाट विस्तारै अरु गुरुहरु सहित, २१ लोकको आवश्यक प्रार्थनाहरु पनि सम्पन्न गर्दै, बोलिचालीको रुपमा मैत्री लिपीलाई भाषिक शब्द सागर, ब्याकरण तथा लेखन शैलीमा बिकाश गरिदै अघि बढाइने छ ।

उहाँ धर्म संघ गुरुज्युले ६ वर्ष सम्मको महा कठोर खोज पूर्ण परित्याग र तपस्या गर्नु भएर परमात्मा सत् धर्ममा सर्व ज्ञान गुणले युक्त सर्वश्रेष्ट स्थान ओगटेको बोधि मार्ग सृष्टि कर्ता अर्थात भगवान मार्ग दर्शन प्राप्त गर्नु भयो । जस अन्तर्गत मार्ग गुरु सृष्टि कर्ता र गुरु मार्ग गुरु सृष्टि कर्ता दर्शनका उच्च नीति नियम पनि समाहित छन् । धर्मको इतिहासलाई हेर्ने हो भने जति पनि गुरुहरुले यस संसारबाट ज्ञान गुण प्राप्त गरि (मोक्ष) अथवा स्वर्गको उच्च स्थानमा जानु भएको छ, उहाँ सम्पूर्ण परमात्मा भगावन, मार्ग गुरु र गुरु मार्ग गुरुहरुले पालना र क्षमताको आधारमा धर्मको यहि तिन प्रकारको बोधि मार्ग दर्शन, मार्ग गुरु दर्शन र गुरु मार्ग दर्शनका उच्च रुपहरु प्राप्त गरि आफ्नो जीवन कालमा आफूले प्राप्त गरेको मार्ग दर्शन अनुरुप मनुष्यहरुमा धर्मको नीति नियमलाई विस्तार गरेर जानु भयो । यसै अन्तर्गतमा रहेर यो समयको अनुकुलता तथा सर्व गुरुहरुको महा कृपाको प्रतिफल स्वरुप पुनः एक पटक उहाँ धर्म संघ गुरुज्युले संसारमा गुरु मार्ग गुरुको नीति र नियमको आधारलाई मार्ग दर्शन गराउनु हुँदै मानवको क्षमता र पालनाको आधारमा मार्ग गुरु र बोधि मार्ग अर्थात भगवान मार्ग गुरुका रुपहरु दर्शन गराउदै जानु हुने छ ।

वास्तबमा मनुष्यले धर्म प्राप्त गर्न महा कठिनको विषय हो । जब सम्म महा मैत्री भाव पूर्ण कृपा र करुणाले युक्त परमात्मा भगवानहरुको यो संसारमा अवतरण भइ सत् धर्मको अनुष्ठान हुँदैन तब सम्म मानव जगतले मुक्ति र मोक्ष प्राप्त गर्ने तत्व रुपीलाई कहिल्यै प्राप्त गर्न सकिदैन । अत संसारमा रहेर मनुष्यले धर्म प्राप्त गर्नको लागी जसरी भएपनि महान गुरुहरुको उपस्थिति अनिवार्य रहन्छ । यसैको निरन्तरतामा उहाँ धर्म संघ गुरुज्युको यो दुर्लभ उपस्थिति यो संसारमा मनुष्य र परमात्मा भगवानहरु बिचको आत्मिय सुमधुर सम्बन्धलाई पुनः जागरण गर्दै, धर्म प्रतिको आस्था र विश्वास बोकेका सर्व मानवहरुको उद्धार गर्नको लागी रहदै आएको स्पष्ट छ ।

मैत्री धर्ममा आफ्नै लिपी र भाषाको विकाश क्रमसँगै असोचनिय रुपमा महान परिवर्तनको नव ज्योती प्रकाशित भइ सकेको छ । बोधि मार्ग दर्शन मैत्री धर्ममा सोही ज्ञानको प्रकाशको ज्योती विस्तार हुँदै मैत्री धर्मको अस्तित्वगत महत्वा र आवश्यकता प्रत्येक मानवले महसुस गरि रहने छ । भने मैत्री धर्म विनाको मानव जीवन अर्थहिन भएको अनुभूति गर्दै, यसको आवश्यता मानव कुलमा अपरिहार्य र अविस्मरणीय रही रहने छ ।

बोधि मार्ग दर्शन मैत्री धर्मले संसारका सर्व मानवलाई एक समान दृष्टिले हेरिएको छ । यसमा कुनै पनि क्षेत्र र विषयको आधारमा उचनिच भन्ने भाव रहँदैन । त्यसकारण बोधि मार्ग दर्शन मैत्री धर्म प्रेमी उपस्थित या अनुपस्थित सम्पूर्ण गुरुमार्ग गुरु, माआत्मा गुरु र विश्व भरिका संघ भक्त अनुयायीहरुले अनिवार्य मनमा गुन्नु पर्ने, आफूले पाएको जुन अमूल्य धर्म रुप छ, यसलाई कहिल्यै नगुमाउनुस । जो जसले जे भनेता पनि सोचेता पनि, एउटै मात्र सत्य भनेको धर्म पुण्य देखी लिएर धर्मका सर्व तत्व प्राप्त गर्ने सर्वश्रेष्ठ स्रोत, गुरुहरु भन्दा अर्को कुनै त्यस्तो रुप नभएकोले सानो तिनो कारणहरुमा अल्झेर, भौतिकता कुरा सुनेर धर्म र गुरुहरुप्रति अविश्वास सृजना गरी आफ्नो धर्म छोड्नु सबैभन्दा ठुलो पाप हो भन्ने कुरालाई अन्तर हृदय देखि नै बोध गरुन् ।

विश्वमा भौगोलिक भु बनावट, जाति, समाज, राष्ट्र अनुसार रहेको धर्म संस्कृति परम्परा, रीति रिवाज, कुल आदिका कारणहरुले गर्दा परमात्मा सत् धर्मबाट वञ्चित हुन पुगेका सर्व मानव कुलले महा सम्बोधि धर्म संघ गुरुज्युको कृपा र आशीर्वाद सदा सर्वदा प्राप्त गरि मैत्री धर्मको अधिष्ठान यथाशिघ्र लाभ गरुन् । 

सर्व मैत्री मंगलम् ।। 
भिडियोहरु
फोटोहरु

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.