सर्वज्ञ परम पूज्यणीय
“महा सम्बोधि धर्म संध” गुरुज्युको विश्व भ्रमण हुनु अगावै, नेपालमा हुने अति महत्वपूर्ण दुर्लभ
“विश्व शान्ति मैत्री पूजा महा दर्शन” अभिषेक कार्यक्रम, उहाँ गुरुज्यु विश्व भ्रमण गर्नु भई नर्फकुन्जेलसम्म नेपालको कुनै पनि ठाउँमा उहाँद्वारा दर्शन, अभिषेक कार्यक्रम नहुने हुँदा, यो अत्ति विषेश कार्यक्रम त छदै छ, त्यसमा पनि अति पुण्यवान एवम् येतिहासिक पनि हो ।
“महा सम्बोधि धर्म संध” गुरुज्युबाट महा दर्शन, अभिषेक तथा आशीर्वादको शुभ दुर्लभ दिन र विश्व जगतमा शान्ति एवम् सर्व प्राणीको हित र मुक्ति, मोक्षको निमित्त
“बोधि मार्ग दर्शन मैत्रै धर्म” को शासन यो संसारमा अझ प्रगाढ रुपले विस्तार गरेर सवैको मन मस्तिष्कमा गुरु र धर्म प्रतिको अपार आदर, सम्मान एवम् विश्वास पूर्ण श्रद्धा, भक्ति, आस्था र भर–भरोसाको आधार शिला महा मजबुत बनाउने उक्त कार्यक्रममा गाउँ, समाज, राष्ट्र र अन्तराष्ट्रका समस्त श्रद्धालु धर्म प्रेमी शिष्य, संध, भक्त अनुयायीहरुका साथै सत् धर्मको अमृतमय ज्ञान रस सेवन गरी धर्म (पुण्य) प्राप्त गर्न इच्छुक सम्पूर्ण महा मानव समाजलाई यस सुभ कार्यक्रममा अपस्थित हुनु भई धर्मको, गुरुको अथाह कृपा, आशीर्वादको भरपुर लाभ उठाउन
“बोधि श्रवण धर्म संध” मैत्री अनुरोध गर्दछ ।
कार्यक्रम हुने मितिः– २०७३ साल चैत्र महिना ८ गते मंगलबार देखी २० गते आईतबार सम्म १३ दिनको कार्यक्रम हुने ।
कार्यक्रम हुने स्थानः– ललितपूर जिल्ला, बुङ्गामति वडा नः ७ चुनिखेल बुगल, हाल कार्यविनयक नगर पालिका वडा नः १३ मा ।
आयोजकः स्वयम् “महा सम्बोधि धर्म संध गुरु”
सम्पर्क स्थान
●
contact@bsds.maitriya.info
Facebook Event:
https://www.facebook.com/events/354607148211326/