बोधि श्रवण धर्म संघको प्रकाशित सूचना

पुस २७, २०७२ (11.01.2016) 731

महा सम्बोधि धर्म संघ गुरु
बोधि मार्ग दर्शन मैत्री धर्म

"बोधि श्रवण धर्म संघ" संस्था माथि आाच पुर्‍याउने सोनाम ग्युर्मे बल तामाङ्ग र राष्ट्र—अन्तर्राष्ट्र विभित संघ संस्थाबाट बोधि मार्ग दर्शन मैत्री धर्मलाई संसारले सोच्न नसक्ने गरि विघ्न—बाधा पूर्ण रुपले गरेकोमा, यस घट्नाबारे राष्ट्र—अन्तर्राष्ट्रिय संघहरुलाई "बोधि श्रवण धर्म संघ" बाट स्पस्ट जानकारी गराउद छाौ ।

महा सम्बोधि धर्म संघ गुरुज्यूको छ वर्ष सम्म हुने तपस्याको कार्यकालमा बारा जिल्ला, रतनपुर गा.वि.स. क्षेत्र भित्र पर्ने तपस्यास्थल हलखोरिया जंगलमा वि.स. २०६७ साल भदौँ महिनामा झापा जिल्ला चराली डुहागडीस्—४ मा धर भएको सोनाम ग्युर्मे बल तमाङ्ग त्यसबेलाको हलखोरिय संमरक्षण तपोवन समितिको अगुवाइमा पहिलो पटक तपस्यास्थल हलखोरिया जंगलमा प्रवेश भएको थियो । उनी इन्ड्या (INDIA) को गाङ्टोक सिक्कीममा क्याब्जे रिग्जीन दोर्जे रिन्र्पोछेको अनुयायी भएर सन्१९९८ देखि २००७ सम्म टाक्छे निङ्मा संस्थानमा अध्ययन गरेका उनी हलखोरिया प्रवेश भईसकेपछि आफु महा सम्बोधि धर्म संघ गुरुज्यूको शरणमा रहेर गुरुज्यूको आज्ञा अनुसार कामकार्य गर्ने विन्तीभाव व्यक्त गरेका उनले पाएको जिम्मेवारी भन्द बाहिर नगइकन् सहि काम गर्ने गुरुज्यूको सामू वचन बद्घ गरेका थिएँ । यसैक्रममा महा सम्बोधि धर्म संघ गुरुज्यूको छ वर्ष सम्मको तपस्या पुर्ण भएको उपलक्ष्यमा हुने विश्व हित तथा सर्व जगत प्राणीको उद्धार हेतु विश्वशान्ति मैत्री पूजा महादर्शन कार्यक्रममा गुरुज्यूले प्राप्त गर्नुभएको बोधि मार्ग दर्शन, मैत्री ज्ञान गुणलाई आवश्यकतानुसार लिखीतम् रुपमा उतारी तयार पार्ने कामको जिम्मेवारी गुरुज्यूले उनलाई दिनु भयो । सोनाम ग्युर्मे बल तमाङ्गले लेखन कार्यको जिम्मेवार पाइसकेपछि सुरुमा केही विश्वास कामकार्य गर्दे गए तर वास्तविकता कुव्यवहारयूक्त धर्मको नाममा कलंक, गुरु, चेला, लामा संघ, भक्त अनुयायीहरुमा विश्वासधात हुने कामकार्य गरे । गुरुज्यूको वचन विपरित आफ्नैे मनगढन्ते पूर्व भ्रमित अनावाश्यक ज्ञानलाई उत्तारी गुरु अथवा गुरुज्यूको ज्ञानलाई पूर्ववतमा ढाल्ने ठुलो सड्यन्त्र गरेका थिएँ । यतिमात्र नभई महा सम्बोधि धर्म संघ गुरुज्यूलाई कुनै जानकारी नगराई पाएको जिम्मेवारी भन्दा बाहिर रही आफ्नै नेतृत्वमा रतनपूर गा.वि.स. का गाउँले, समाज, समिति लामा संघ तथा स्वदेशी —बिदेशी, संघ भक्तजनहरुमाझ मैत्री धर्मको नाममा मनमानी, एकलौटी विभित योजनाहरु बनाए । जस्तो कि मैत्री स्कुल, मैत्री अस्पताल, मैत्री भवन, मैत्री धर्महल, मैत्री मिडीया जस्त अन्य विभित योजनाहरु थिएँ । धर्मको परिधी बाहीरका यि अनावाश्यक कार्ययोजनाहरुका कारण गाउँले समाज, संघ, चेला लामा भक्तअनुयायीहरु विच विसङ्गति, अन्धाबिश्वास विकृति ल्याउने पक्षहरु सृजना हुदै गएका थिएँ । यसैकारण भित्र भित्रै ठुलो रुपमा मतभेदका पर्खालहरु खडा हुदै गएका थिएँ । गाउँ घरको लामा संघहरु मात्र नभई राष्ट्रभरको पूर्वी लामा संघ जो कि गुरुज्यू प्रति आस्था राख्ने संघ चेला स्वदेशी—विदेशी भक्तजनहरुलाई भ्रम फैल्याई महा सम्बोधि धर्म संघ गुरुज्युप्रति हुने आस्था, विश्वास, श्रद्धा—भक्ती, भर—भरोसा टुटाउने दुष्कर्म गरेका थिएँ ।

आफुलाई सर्वस्व ठान्ने गुरुभन्दा आफु ठुलो देख्ने, म नभइकन केही पनि चल्दैन भन्ने मानसिक सोच विचार, अरुले तपार्इं भनोस या नभनोस आफै मपार्इं भन्ने जस्ता अहमता उनमा थियो । सोनाम ग्यूर्मे बल तमाङ्ग नेतृत्व पूर्ववत लामा कार्य समिति तथा उनका कार्यकर्ताहरुबाट निर्मित योजनाहरुका कारण भौतिकताबादीहरु सलवलाउने मौका मिलेको थियो । उनले धर्मिकतालाई भन्दा भौतिकताहरुलाई पोषण मिल्ने व्यर्थका योजनाहरु अगाडी सारी सबैलाई लोभ लालचमा फसाएका कारण फलस्वरुप स्वार्थवादीहरु आफ्नो स्वार्थ पुर्ति गर्न अग्रसर भएका थिएँ । विस्तारै असन्तुष्टि पक्षहरु सृजना भई एक अर्कामा आरोप—प्रत्यारोप गर्ने जस्ता द्धन्द्धहरु पनि उत्पन्न भएँ अन्तमा समस्याले विकराल रुप लियो । यसरी गाउँले, समाज, समिति, संघ—चेला, राष्ट्र–अन्तर्राष्ट भक्तजन अनुयायी विचमा भइरहेको आरोप—प्रत्यारोप, वादविवाद, मनमुटाउ आदिको असर वा दवाव महा सम्बोधि धर्म संघ गुरुज्यूमा पनि पर्न पुग्यो र संघ—चेला भक्तजनहरुबाट यस विषय सम्बन्धमा प्रस्ताव गुरुज्यू समक्ष राखेका थिए । यस विषयमथि मध्यनजर गर्नु हुदै महा सम्बोधि धर्म संघ गुरुज्यूले तत्काल धर्म सभा राख्नु भई समस्यको कारण खोज गर्नु हुदा, यस समस्याको सम्पूर्ण जिम्मेवारी मात्र सोनाम ग्युर्मे बाल तमाङ्ग र उनका कार्यकर्ताहरु भएको खुलासा हुन गयो । धर्मको नाममा यि कार्ययोजनाहरु बनाइ स्वदेशी—विदेशी भक्तजन अनुयायीहरुबाट लाखौा— लाख आर्थिक संकलन गरी भारी रकम भ्रष्टचार गरेको स्पष्ट हुन आयो । वि. स. २०६२ साल जेष्ठ महिनामा रतनपूर गा.बी.स., पहिलो तपस्या स्थालमा सम्पन्न भएको १५ दिने विश्वशान्ति मैत्री पूजा महा दर्शन कार्यकममा उठेका लाखौा—लाख रकम पनि हिनामिना गरेको स्पष्ट हुन आयो । ठूलो रुपमा यसरी गल्ती गरीसकेपछि गुरुज्यूले सोनाम ग्युर्मे बल तमाङ्ग लगायत उनका कार्यकर्ताहरुलाई यस समस्याको कारण खुलाई स्पष्टीकरण सबै सामु राख्नु भनि वचन गर्नु भएपछि, गुरु बचनको अवज्ञा गर्दै कुनै किसीमको स्पष्टिकरण नदिएर वि. स. २०६८ साल साउन महिना रातिको समयमा कसैलाई थाहाँ नदिइ भगेका थिएँ । सोनाम ग्युर्मे बल तमाङ्गले महा सम्बोधि धर्म संघ गुरुज्यूलाई पूर्ववत ज्ञान गुण र मार्ग दर्शनमा आधारित बनाई राख्ने र धर्म संघ गूरुज्यूद्धारा प्रतिपादित बोधि मार्ग दर्शन मैत्री धर्मलाई विश्वमाझ् पूर्ववत मार्ग दर्शनभन्दा अगाडी बढ्न नदिने जस्ता दुष्कार्य, सड्यन्त्र र योजनाहरु गरेका थिए । महा सम्बोधि धर्म संघ गुरुज्यूलाई हरेक कोणबाट जस्तै विघ्न—बाधा, अड्चन, दु:ख, कष्ट, पिडा दिने कामकार्य समेत गरि धर्म संघ गुरुलाई विश्वको सामु उहाँ केही पनि होइन, पूर्ववत मार्ग दर्शक मात्र हो भन्ने भ्रमहरु फैल्याएको थियो तर महा सम्बोधि धर्म संघ गुरुज्यूले विश्वको सामु बोधि मार्ग दर्शन मैत्री धर्म ज्ञान गुणका बारेमा स्पष्ट गर्नु भएपछि, भ्रम फैल्याउने राष्ट्र—अन्तर्राष्ट्र कोही कसैको गुरुमाथि त्यस्तो केही कुमार्ग योजनाहरुको शीप नलागेपछि, अन्तमा सोनाम ग्युर्मे बल तमाङ्गले घरको परिवरलाई समेत अनेकौँ भ्रमहरु सृजना गरेको हुँदा अहिले गुरुज्यू र घरको परिवार विच मिति २०६८ साल देखी पूर्ण रुपमा सम्बन्ध विच्छेद भएको छ ।

यदि भौतिकता संसारको नीति—नियम, शासन हुन्छ भने, धर्मको पनि नीति—नियम, शासन हुन्छ । धर्म र गुरुलाई आरोप, दोषारोप कोही कसैले नगर्नु । तप, ध्यान, ध्यानी गर्नेहरु नबुझ्ने हुदैनन । संसारमा बुझ्ने भन्ने नै सत्यता, तप, ध्यान, तपस्य गर्ने जत्तिको बुझ्ने तथा ज्ञान गुण प्राप्ति गर्ने संसारमा कोही कसैपनि हुदैनन । जे जस्तो सुकै कामकार्य गरेतापनि धर्मको नीति—नियम, शासन अनुसार काम कार्य गरेको हुन्छ । यस्लाई बुझ्नु आफ्नो विश्वास हुनुमा भर पर्छ । विश्वलाई जस्ले सत्य धर्म र हित अड्याउने काम कार्य नीति—नियम अपनाउछ, संसारको कोही कसैले पनि सानो बुद्धि विवेक रुपले सोच्नु हुँदैन । धर्म भनेको संसार र संसार अड्याउने तत्व हो । गुरु पनि एउटा सिमित परिवारको मात्र होइन, गुरु संसारको हो । संसारिक भौतिकता पूर्ववत धर्ममा के कस्तो निति नीति—नियम, शासन हो, या आफै वनावटी रगेटेको हो ? यो नियमहरु संसारलाई नै थाहाा होला । अहिले प्राप्ति गर्ने बोधि मार्ग दर्शन मैत्री धर्म भित्र छुट्टै दर्शन, नीति— नियम, शासन भिन्नता अलग पाएका छन् । संसारको लागी पहिले तप, ध्यान, तपस्या नगर्ने अवस्थामा भनेको छुट्टै संसारिक भौतिकता नीति—नियम अनुसार चल्नु पर्ने हुन्छ तर संसारको निमित्त ज्ञान गुण प्राप्ती गरिसकेपछि धर्मको नियमानुसार रहनु पर्ने हुन्छ । धर्मको पनि आफ्नो नीति—नियम हुन्छ । राष्ट्र—अन्तर्राष्ट्र संघ, भक्त अनुयायीहरुले बुझ्नु पर्ने यी तिनवटा महत्वपूर्ण अवस्थाहरु छन्। (1) अन्जान, (2) अज्ञान्ता, (3) वाध्यता, यी तिन्टा अवस्थाभित्र भएका कामकार्य, गल्तीहरुलाई मात्र धर्ममा क्षमा दिन मिल्छ तर यि तिन्टा अवस्था विपरित रहि कामकार्य गर्नेहरुले कहिल्यै क्षमा, माफी पाउने छैन । गुरु र धर्मले त्याग गर्नु बाध्या हुन्छ । गुरु, धर्म र संसारलाई लोप (नस्ट) गर्ने कामकार्य कहिल्यै नगर्नु । जन्म दिने होस् या संसारिक भौतिकता भक्त, अनुयायी, चेला या धर्म गुरु नै किन नहोस संसारको जो कोही भएतापनि धर्म लोप (नस्ट) गरेको पापले कहिल्यै धर्म गर्न सकिदैन । न मानव, पशुप्राणी, भुत प्रेतको जुनिनै पाउँछ, आफु त लोप (नष्ट) भयो भयो तर आफ्नो पापले परिवार समेत युग—युगन्तारसम्म लोप (नष्ट) भइरहने छ ।

(सर्व मंगलम अस्थु)

राष्ट्र—अन्तर्राष्ट्र संघ भक्तजन अनुयायीहरुले यदि गुरु र धर्मको वारेमा स्पष्ट जानकारी बुझ्न चाहेमा चेलाहरुसंग प्रत्यक्ष सम्पर्क गरी बुझ्न सक्नु हुनेछ । केन्द्रीय कार्यालय — "बोधि श्रवण धर्म संघ" सम्पर्क न. +९७७ ९८०८५५७८८९, +९७७ ९८०८१५६१४६, +९७७ ९८०३३३९९२२ dharmasangha.office@gmail.com
फाइलहरू

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.