हलखोरिया मा विघटनकारी स्थानीयबासी

भाद्र १७, २०७१ (02.09.2014) 109

मिति २०७१/५/१६ (१ सेप्टेम्वर, २०१४) को रातमा एउटा दु:खद एवं हिंसात्मक निन्दनीय घटना घट्यो । रतनपुर गाउ‘ंका ५ जना मदीरा सेवन गरी मातेका युवाहरु पवीत्र स्थल हलखोरिया जंगलको तपोवन क्षेत्रमा महासम्बोधि धर्मसंघका गुरुलाई अपमान एवं वद्नाम गर्ने उद्देश्यले अपशब्दहरुको वर्षा गर्दै महासम्बोधि गुरुतर्फ खनिन पुगे । गुरुसंगै रहेका अनुयायीहरुले ती मदीरा सेवन गरी मातेका युवाहरुलाई शान्त पार्न प्रयास गरे तर ती मदीरा सेवन गरी मातेका युवाहरु झन् डरलाग्दा भएर प्रस्तुत भए । घनाजंगलमा रात छिपिसकेकोले गुरुका अनुयायीहरुले ती मदीरा सेवन गरी मातेका युवाहरुलाई गुरुको घरभित्र सुरक्षितसाथ बासको ब्यबस्था गरेका थिए । गुरु स्वयम्ले नै पहल गरी बाराका स्थानीयवासीहरुलाई नै सम्पर्क गरी प्रहरीप्रशासनलाई खबर गरी समस्यामा ती युवाहरुलाई अल्झाउन नचाहेरै भोलिपल्ट ती ५ मदीरा सेवन गरी मातेका युवाहरुलाई स्थानीयवासीहरुलाई नै जिम्मा लगाउने टुङ्गो भएको थियो । तर दुभाग्यवस २ जना युवाहरुले मात्र उक्त प्रस्तावलाई स्वीकार गरे भने बॉंकि ३ जनाले अस्वीकार गरी त्यहॉंबाट भागे । सायद ती भागीगएका मदीरा सेवन गरी मातेका युवाहरुको एकतर्फी कुरालाई मनन गर्दै भोलिपल्ट सवेरै विहान रतनपुरका करीब २०० जना गाउ‘ंलेहरु हातहातमा लाठी र खुकुरी (हातहतियार) लिएर हलखोरिया जंगलको तपोवन क्षेत्रमा प्रवेश गरे र गुरुका अनुयायीहरुमाथि आक्रमण गर्न आइलागे । जुन हलखोरिया जंगलको तपोवन क्षेत्रमा महन्तिनीहरु तथा सन्यासीहरु समेत गरी जम्मा २० जना रहदै आएका थिए । त्यो हुलले ती महन्तिनीहरु तथा सन्यासीहरुलाई अस्पतालमा नै उपचार गराउन भर्ना गर्नुपर्ने गरी आक्रमण गरेका थिए । गुरुको चालकलाई पनि चारैतिरबाट घेरेर नराम्ररी पिटियो जुन पिटाइका कारण उनलाई टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएको थियो । ती आक्रमणमा सहभागीहरु जसको मनमा घृणा र रीस मात्रै भएको हिंस्रक र उत्तेजक बर्बर कार्य जुन जहिले पनि निन्दनीय छ गरी भागे । त्यसको केहि समय पश्चात औपचारिकता पूरा गर्नको लागि प्रहरी र सञ्चारकर्मीहरु घटनास्थलमा आएका थिए । त्यहांको यथार्थ स्थिति बुझ्नुको अलवा सञ्चारकर्मीहरुले जानीजानी बुझपचाएरै रतनपुरका गाउंले तथा युवाहरुलाई संरक्षण गर्ने कलुसित मनोभाव राखी गुरु र उनका अनुयायीहरुलाई होच्याउने खालका गलत समाचारहरु सम्प्रेसण गर्न हिचकिचाएनन्, यो आश्चर्य र उदेकलाग्दो छ । समाचारमा गलत ढंगले धर्मसंघका गुरुले गाउंले युवाहरुलाई उनीहरुको इच्छा विपरित जंगलमा वन्दि बनाई आक्रमण गरी घाइते बनाईएको कपोलकल्पित सूचना सम्प्रेशण गरियो र वदनाम गर्ने कोशिस भयो । सो घटनामा गाउंले तथा युवाहरु सुरक्षित रहेको र हलखोरिया जंगलको तपोवन क्षेत्रमा रहदै आएका अनुयायीहरु गम्भिर रुपमा घाइते भएका थिए तर यसलाई उल्टो चित्रण गरियो । यो अनर्थ समाचारका पाठकहरुले आश्चर्यचकित रुपमा उक्त गलत समाचारलाई सांचो हो कि के हो भनि अलमलिन पुगे । यो सूचना सम्प्रेसणले पाठकहरुले हलखोरिया जंगलको तपोवन क्षेत्रमा जसले सम्पूर्ण चीज त्याग गरी मोक्ष प्राप्तिका लागि बसेका ती गुरुले यो हदसम्म गरे भनी गलत धारणा बनाउन पुगे । सञ्चारकर्मीहरुले गुरुप्रति गरेको यस्तो अमानवीय एवं निन्दनीय व्यबहार पक्कै पनि पहिलो पल्ट भने होइन । गुरुलाई अपशब्द प्रयोग गर्दै किन रतनपुरका मदीरा सेवन गरी मातेका युवाहरु ६ किलोमिटर जंगल भित्र प्रवेश गरी उनीहरुले मिडिया (सञ्चारकर्मी) समक्ष किन आफू पानी खोन्नको लागि जंगल प्रवेश गरेको बताए ? र किन रतनपुका वासिन्दाहरुले मदीरा सेवन गरी मातेका युवाहरुलाई लिन आउन गरेको वाचा विपरित हातहतियार सहित आक्रमण् गर्न उद्देलित भएर आए ? आफ्ना २ युवाहरुलाई गुरुको आश्रमभित्र सुरक्षित रहेको देखि देखि पनि किन जंगलमा ध्यान गरिरहेका अनुयायीहरु मथि आक्रमण गरे ? यसरी क्रमवद्ध रुपमा भएको घटनाले सञ्चारकर्मीहरुले जनतामाझ फैलाएको समाचार गलत एवं झुट भएको कुरा पुष्टि हुन्छ । के यो नाटकीय घटनाको पछाडी कुनै लुकेको स्वार्थ छैन त ? प्रश्न चिन्ह खडा हुन्छ । अन्यथा किन जंगलका ध्यानकर्ताहरुलाई चारैतिरबाट घेरी हिंसात्मक रुपमा लाठी तथा मुक्काहरु प्रहार गरियो ? अनि आश्चर्यजनक रुपमा पुनरावेदन अदालतले गुरु जंगलमा बस्न पाउने अधिकार भएको फैसला गर्ने अघिल्लो रातमा यस्तो विध्वम्सकारी घटना घटाइनुको पछाडीको थप रहस्या लुकेको सहज अनुमान गर्न सकिन्छ । के उक्त घटना घटाउनुको पछाडी अदालन समक्ष स्थानीयवासीको हदैसम्मको रीस र आक्रोश देखाउन खोजिएको त थिएन जसको फलस्वरुप अदालतको फैसलालाई प्रभावित पार्न सकोस । जेहोस, सञ्चारकर्मीहरु सार्वजनिक रुपमा जतिसुकै गुरुको विरुद्ध खनिए पनि अन्तत: पुनरावेदन अदालतले २०७१/५/१८ (३ सेप्टेम्वर, २०१४) का निद महासम्बोधि धर्म संघका गुरुलाई हल्खोरिया जंगलमा स्थायी रुपमा बस्न पाउने अधिकार रहेको फैसला सुनाएको छ । ती षड्यन्त्रका तानावाना बुन्ने र क्षणिक फाइदामा कुद्ेने ती स्थानीयवासीहरु तथा सञ्चारमाध्यमहरुका लागि भने यो निर्णयले वज्रमुक्का प्रहार गरेको छ र तिनीहरु मर्माहत भएको अनुमान गर्न सकिन्छ । ती षड्यन्त्रका योजनाकार तथा सहभागीहरुको पनि बुद्धि फिरोस भन्ने कामना गर्नु बाहेक हामी उनीहरुको कुभलो चिताउने छैनौ । किन कि उनीहरु पनि हाम्रा दाजुभाई नै हुन् र उनीहरुलाई समेत मुक्तिको मार्ग आवश्यक छ ।
समाचार

पुज्यनीय महा सम्बोधि धर्मसंघ गुरुज्युबाट सम्पूर्ण संघहरुको लागी प्राप्त मैत्रीधर्म सन्देश ।

मिति २०७९ चैत्र, आठ गते १८ औं विश्व शान्ति मैत्री दिवसको दिनमा पुज्यनीय महा सम्बोधि धर्मसंघ गुरुज्युबाट सम्पूर्ण संघहरुको लागी प्राप्त मैत्रीधर्म सन्द

गुरू मार्ग दर्शन

मार्ग दर्शन ↓ श्रृष्टि सिद्ध धर्मको संसारमा अथवा पृथ्वी लोकमा परमात्मा भगवानको अनुपम कृपाबाट पुण्यवान आत्माहरूले मात्र मनुष्य जीवन प्राप्त गर्न सफलत

गुरुहरु प्रतिको अपार अदार सम्मान

सर्वज्ञ परम पूज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा अनन्त सेवा ढोग गर्दछौं । मानवताको पहिलो रुप नै धर्म हो र यो भन्दा अन्य रुप हुन

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.