धर्म देशना लमजुङ्ग

फागुन १०, २०७० (22.02.2014) / Updated on वैशाख १४, २०७१ (27.04.2014) 20

धर्म संघ
Dharma Saṅgha

बोधि श्रवण गुरु संघाय
Bōdhi Śravaṇa Guru Saṅghāya

नमो मैत्री सर्व धर्म संघाय
Namō Maitrī Sarva Dharma Saṅghāya

1. महामैत्री मार्ग गुरु, गुरुमार्ग र भगवान मार्गको अनुसरण गरि विस्मृत भाव लिई अवगमन गर्ने समस्त संघ मित्रता धर्म प्रेमी अनुयायीहरुलाई मैत्री मंगल गर्दै, वर्तमान यस गुरुक्षणको स्मृति सँगै सन्तापित सबै आत्माहरुले महा मैत्री धर्मको मार्गमा शितलताको बोध गरुन । धर्म मात्र एक तत्व हो, जसको धरातलमा टेकेर परात्मासँग साक्षत हुने अवसर पाउँदछ ।
Mahāmaitrī Mārga Guru, GuruMārga ra Bhagavān Mārgakō anusaraṇ gari vismr̥t bhāv li'ī avagaman garnē samasta saṅgha mitratā dharma prēmī anuyāyīharulā'ī maitrī maṅgal gardai, vartamān yas Gurukṣaṇkō smr̥ti sam̐gai santāpit sabai ātmāharulē mahā maitrī dharmakō mārgamā śitalatākō bōdh garun. Dharma mātra ēk tatva hō, jaskō dharātalmā ṭēkēra Parātmāsam̐ga sākṣat hunē avasar pā'um̐dacha.

2. एवं भाव रहित दिशाहिन बाँया समान भौतारी रहेको आत्माहरुले महा मैत्रीको मंगलनाद श्रवण गरी यथा सिघ्र बन्धन मुक्त होउन् ।
Ēvaṁ bhāv rahit diśāhin bām̐yā samān bhautārī rahēkō ātmāharulē mahā maitrīkō maṅgalnād śravaṇ garī yathā sighra bandhan mukta hō'un.

3. प्यासको अत्यान्तिक अनुरुप पानीको मोल भए झै दया, करुणा, अहिंसा, श्रद्धा, आस्था भक्ति, विस्वास र मार्ग प्रतिको अटल मानव जिवनमा धर्मको मोल हुने गर्दछ ।
Pyāskō atyāntik anurup pānī kō mōl bha'ē jhai dayā, karuṇā, ahinsā, śrad'dhā, āsthā bhakti, visvās ra mārga pratikō aṭal mānav jivana mā Dharma kō mōl hunē gardacha.

4. धर्ममा प्रवेश हुनु भनेको मुक्ति र मोक्षको मार्गमा लिन हुनु हो ।
Dharma mā pravēś hunu bhanēkō mukti ra mōkṣakō mārgamā lin hunu hō.

5. जुन मार्गमा मुक्ति र मोक्ष रुपि तत्व हुदैन, सत्यधर्ममा त्यसलाई कहिले पनि मार्ग भनी स्वीकार्न सकिदैन एवं धर्म खण्डित संस्कृतिमा नभएर आत्मा र परात्मा बिचको सेतु मैत्री ज्ञानको परिपूर्णतामा उपलब्ध हुँदछ ।
Jun mārga mā mukti ra mōkṣa rupi tatva hudaina, satyadharmamā tyaslā'ī kahilē pani mārga bhanī svīkārna sakidaina ēvaṁ Dharma khaṇḍit sanskr̥ti mā nabha'ēra ātmā ra parātmā bickō sētu maitrī jñānakō paripūrṇatāmā upalabdh hum̐dacha.

6. मनुस्यले मैत्रीज्ञानबाट टाढा रहि जस्तो सुकै अभ्यास गरे पनि सत्य तत्वको प्राप्ती असम्भव छ ।
Manusya lē maitrī jñān bāṭa ṭāḍhā rahi jastō sukai abhyās garē pani satya tatvakō prāptī asambhav cha.

7. क्षणिक संसारमा लाभ भएको देखिएता पनि अन्ततः सबै व्यर्थ ठहरिनेछ ।
Kṣaṇik sansārmā lābh bha'ēkō dēkhi'ētā pani antataḥ sabai vyartha ṭhaharinēcha.

8. असंख्य प्राणिहरुको जीवनचक्र र अवगमन समस्त लोकहरुको व्यवस्था एवं आत्मा,
अनात्मा र परात्मा बिचको अखण्डता हो ।
Asaṅkhya prāṇiharukō jīvancakra ra avagaman samasta lōkharukō vyavasthā ēvaṁ ātmā, anātmā ra parātmā bickō akhaṇḍatā hō.

9. धर्म सूर्य उदाउनु र अस्ताउनु, आकाशमा जुन तारा चम्कनु, प्रकृतिमा फुल फुल्नु हो ।
Dharma sūrya udā'unu ra astā'unu, ākāśamā jun tārā camkanu, prakr̥timā phul phulnu hō.

10. धर्म अन्ततः अघोर दुःख स्वप्नबाट विऊझिएर वास्तविकतामा आफूलाई सकुशल पाएझै यस अनित्य संसारको क्षण भंगुरता बोध गर्नु हो ।
Dharma antataḥ aghōra duḥkha svapnabāṭa vi'ūjhi'ēra vāstavikatāmā āphūlā'ī sakuśala pā'ējhai yas anitya sansārakō kṣaṇ bhaṅguratā bōdh garnu hō.

11. धर्म कुसल विचार र बुद्धिमता भएको मनुस्यले के गुण छ ? धर्ममा वस्तु धर्मले के गर्छ ? भनी प्रश्न गर्नु भन्दा संसारिक वस्तुको वास्ना र बन्धनहरुले मनुस्य आफुलाई के दिएको छ भन्ने प्रश्नको खोज किन गर्दैन?
Dharma kusal vicāra ra bud'dhimatā bha'ēkō manusyalē kē guṇ cha? Dharmamā vastu dharmalē kē garcha? Bhanī praśna garnu bhandā sansārika vastukō vāsnā ra bandhanaharulē manusya āphulā'ī kē di'ēkō cha bhannē praśnakō khōj kina gardaina?

12. मनुस्य आफूले अनुसरण गरेको मार्गले मुक्ति र मोक्ष रुपी तत्व समेटेको छ वा छैन भन्ने विषय मनुस्यको आफ्नो नितान्त ब्यक्तिगत अन्तर् खोज हो ।
Manusya āphūlē anusaraṇa garēkō mārgalē mukti ra mōkṣa rupī tatva samēṭēkō cha vā chaina bhannē viṣaya manusyakō āphnō nitānta byaktigata antar khōja hō.

13. गुरुले धर्म पुरा गर्छ । लोकलाई मार्ग दिएर, तर मार्गमा यात्रा मनुस्य स्वयंमले गर्नु पर्दछ ।
Gurulē dharma purā garcha. Lōkalā'ī mārga di'ēra, tara mārgamā yātrā manusya svayammalē garnu pardacha.

14. गुरुबाट मार्ग दृष्टि भईरहँदा मार्गमा यात्रा गर्ने आत्माहरुले संचित गरेको पुण्य र अन्यकर्म अनुरुप पाउनु पर्ने तत्व र भोग्नु पर्ने सत्य सुनिश्चित हुने गर्दछ ।
Gurubāṭa mārga dr̥ṣṭi bha'īraham̐dā mārgamā yātrā garnē ātmāharulē san̄cit garēkō puṇya ra an'yakarma anurup pā'unu parnē tatva ra bhōgnu parnē satya suniścit hunē gardacha.

15. मार्गमा विविध दुमाफहरु आउनु भनेको स्वभाविक भएता पनि तात्विक विषय अन्तत गुरु मार्ग प्रतिको श्रद्धा र विश्वास हो ।
Mārgamā vividh dumāphaharu ā'unu bhanēkō svabhāvik bha'ētā pani tātvik viṣaya antata guru mārga pratikō śrad'dhā ra viśvāsa hō.

16. होस रहिरहोस् धर्म तत्वको अनमोल रत्नहरुले भरिपूर्ण यस महा मैत्री मार्ग सर्वज्ञानको महा वोधले पूर्ण छ ।
Hōsa rahirahōs Dharma tatvakō anamōl ratnaharulē bharipūrṇa yas Mahā Maitrī Mārga sarvajñānakō mahā vōdhalē pūrṇa cha.

17. तथापी मनुस्यहरुले रित्तो शब्दको भण्डारण गर्नु पूर्व आफ्नो जिवनमा प्रयोग वा गुरुमार्गको अनुसरण गरे सिघ्रनै मार्ग तत्वको वोध हुनेछ ।
Tathāpī manusyaharulē rittō śabdakō bhaṇḍāraṇ garnu pūrva āphnō jivanamā prayōg vā GuruMārgakō anusaraṇ garē sighranai mārga tatvakō vōdha hunēcha.

18. धर्तिमा टेकेर आकाशको आशनमा अडिनु मनुस्य चोलामा रहेर पनि मैत्री तत्वको वोध सँगै परात्माको विशद स्वरुपको दर्शन पाउनु आफुलगायत समस्त लोकको रहस्य वोध हुनु, चित्तको असंख्य भाव सागरहरुबाट पानीसरह वास्विभुत भई खुला आकाशमा मुक्त हुनु हो ।
Dhartimā ṭēkēra ākāśakō āśanamā aḍinu manusya cōlāmā rahēra pani maitrī tatvakō vōdh sam̐gai parātmākō viśada svarupakō darśana pā'unu āphulagāyata samasta lōkkō rahasya vōdh hunu, cittakō asaṅkhya bhāv sāgarharubāṭa pānīsaraha vāsvibhuta bha'ī khulā ākāśamā mukta hunu hō.

19. सर्व धर्म र गुरु ज्ञान भन्दा उच्च गुणका तत्वहरुलाई प्रदान गरी विश्वभर पूर्वि भ्रमित अस्तित्व लोप गराउने योग्यतालाईनै मैत्री धर्म भनेको हो । तथानुसार सर्व धर्मको पूर्वी अस्तित्व सबै मैत्री धर्मको मार्गमानै ससिम हुन्छ ।
Sarva dharma ra guru jñān bhandā ucca guṇkā tatvaharulā'ī pradān garī viśvabhar pūrvi bhramit astitva lōpa garā'unē yōgyatālā'īnai maitrī dharma bhanēkō hō. Tathānusār sarva dharmakō pūrvī astitva sabai maitrī dharmakō mārgamānai sasim huncha.

20. मैत्रीय मार्ग मनुस्यले जीवनको अन्तिम क्षणसम्म धर्मको सत्य अभ्यास गरे मात्र धर्म लाभ गर्दछ ।
Maitrīya mārga manusyalē jīvanakō antim kṣaṇ sam'ma dharmakō satya abhyās garē mātra Dharma lābh gardacha.

21. यस मैत्री सन्देशका साथ सम्पूर्ण विश्व मानव भित्रको क्लेशलाई मुक्त गर्न मैत्रीय ११ (एघार) वटा शीलहरु दिइरहेको छु ।
Yas maitrī sandēśkā sāth sampūrṇa viśva mānav bhitrakō klēśalā'ī mukta garna maitrīya 11 (ēghāra) vaṭā śīlaharu di'irahēkō chu.

१) नाम, रुप, वर्ण, वर्ग, आस्था, समुदाय, शक्ति, पद्, योग्यता आदिको आधारमा भेदभाव कहिल्यै नगर्नु तथा भौतिक, आध्यात्मिक भन्ने मतभेदहरु त्याग्नु ।
1) Nām, rup, varṇa, varga, āsthā, samudāya, śakti, pad, yōgyatā ādikō ādhāramā bhēdbhāv kahilyai nagarnu tathā bhautik, ādhyātmik bhannē matabhēdharu tyāgnu.

२) शाश्वत धर्म, मार्ग र गुरुको पहिचान गरि सर्व धर्म र आस्थाको सम्मान गर्नु ।
2) Śāśvat Dharma, Mārga ra Gurukō pahicān gari sarva dharma ra āsthākō sam'mān garnu.

३) असत्य, आरोप, प्रत्यारोप, अवमुल्यन तथा अस्तित्वहिन वचन गरेर भ्रम फैलाउनु त्याग्नु ।
3) Asatya, ārōp, pratyārōp, avamulyan tathā astitvahin vacan garēra bhram phailā'unu tyāgnu.

४) भेदभाव तथा मतभेदको सिमांकन गर्ने दर्शन वा बाटोलाई त्यागी सत्य मार्ग अपनाउनु ।
4) Bhēdabhāv tathā matabhēdkō simāṅkan garnē darśan vā bāṭōlā'ī tyāgī satya mārga apanā'unu.

५) जीवन रहुन्जेल सत्य गुरुमार्गको अनुसरण गरी पाप कर्महरु त्यागी गुरु तत्वको समागममा सदा लीन रहनु ।
5) Jīvan rahunjēl satya GuruMārgakō anusaraṇ garī pāp karmaharu tyāgī Guru tatvakō samāgamamā sadā līn rahanu.

६) आफूले प्राप्ती नगरेको तत्वलाई शब्दजालको व्याख्याले सिद्ध गर्न नखोज्नु तथा भ्रममा रहेर अरुलाई भ्रमित नपार्नु ।
6) Āphūlē prāptī nagarēkō tatvalā'ī śabdajālkō vyākhyālē sid'dha garna nakhōjnu tathā bhramamā rahēra arulā'ī bhramit napārnu.

७) प्राणी हत्या, हिंसा जस्ता दानवीय आचरण त्यागी सम्यक आहार गर्नु ।
7) Prāṇī hatyā, hinsā jastā dānavīya ācaraṇ tyāgī samyak āhār garnu.

८) राष्ट्रिय पहिचानको आधारमा मानिस वा राष्ट्र प्रति संकीर्ण सोच नराख्नु ।
8) Rāṣṭriya pahicānkō ādhāramā mānis vā rāṣṭra prati saṅkīrṇa sōc narākhnu.

९) सत्य गुरु मार्गको अनुशरण गर्दै आफु लगायत विश्वलाई लाभान्वित गर्ने कर्म गर्नु ।
9) Satya guru mārgakō anuśaraṇ gardai āphu lagāyat viśvalā'ī lābhānvit garnē karma garnu.

१०) सत्यलाई उपलब्ध भई गुरु मार्ग रुपलिई समस्त जगत प्राणीको निमित्त तत्व प्राप्त गर्नु ।
10) Satyalā'ī upalabdh bha'ī guru mārga rupali'ī samasta jagat prāṇīkō nimitta tatva prāpta garnu.

११) चित्तको उच्चतम र गहनतम अवस्थामा रहेर अनेकौं शीलहरुको आत्मा वोध गरी सम्पूर्ण बन्धनबाट मुक्त हुनु ।
11) Cittakō uccatam ra gahanatam avasthāmā rahēra anēkauṁ śīlaharukō ātmā vōdh garī sampūrṇa bandhanbāṭa mukta hunu.

22. यो मैत्रिय ११(एघार) वटा शीलहरु सँगै सबै संघहरुले आत्मसाथ गरी आफू लगायत समस्त प्राणीहरुको उद्धार गर्नु यस सत्य मार्ग ज्ञानलाई साराले वोध गरुन् ।
Yō maitriya 11(ēghāra) vaṭā śīlaharu sam̐gai sabai saṅghaharulē ātmasāth garī āphū lagāyat samasta prāṇīharukō ud'dhāra garnu yas satya mārga jñānlā'ī sārālē vōdh garun.

23. संसारिक वस्तु नाम, यश, कीर्तिको पछि अहंकार वश नरुमल्लिएर सदा आत्मामा मैत्री भाव राख्दै, परात्माको स्मृतिमा त्वष्ट रहि रहनु हो ।
Sansārik vastu nāma, yaśa, kīrtikō pachi ahaṅkār vaś narumalli'ēra sadā ātmāmā maitrī bhāv rākhdai, parātmākō smr̥timā tvaṣṭa rahi rahanu hō.

24. लोकमा सत्य धर्मलाई पुनः अनुष्ठान गर्न युगौंको अन्तरालमा गुरु मार्गको अवतरण भएको छ ।
Lōkmā satya dharmalā'ī punaḥ anuṣṭhān garna yugauṅkō antarālamā guru mārgakō avataraṇ bha'ēkō cha.

25. यस स्वर्णिम क्षणको वोध प्राणी एवं वनस्पतिले गरेझै दिन मनुष्यहरुले पनि क्लेश रहित हुँदै यस महा मैत्री मार्गमा यथासय धर्म लाभ गरुन् ।
Yas svarṇima kṣaṇkō vōdha prāṇī ēvaṁ vanaspatilē garējhai dina manuṣyaharulē pani klēśa rahit hum̐dai yas mahā maitrī mārgamā yathāsay dharma lābh garun.

सर्व मैत्री मंगलम् ।।
अस्तु तथास्तु ।।।
Sarva maitrī maṅgalam..
Astu tathāstu…

मिति: २०७० फाल्गुण १० गते ।
लमजुङ्ग खुदी- १
Miti: 2070 Phālguṇa 10 gatē.
Lamajuṅga khudī- 1
Teachings Speeches
DOCX PDF
 Prev Speech Next Speech 

भिडियोहरु

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.