महासम्बोधि धर्म संघ गुरु ज्युदारा मिति २०६८ साल चैत्र २७ गते, पथारेकोट-१ , सर्लाहीमा दिनु भएको मैत्री सन्दे

चैत्र २७, २०६९ (09.04.2013) / Updated on वैशाख १२, २०७० (25.04.2013) 30

धर्म संघ

बोधि श्रवण गुरु संघाय

नमो मैत्री सर्व धर्म संघाय


महा मैत्रीय मार्गको अनुसरण गरि मार्ग गुरु गुरुमर्गा हुँदै भगवान् मार्ग सम्मको असंख्य

भाव दर्शनमा लिनभई समस्त प्राणि लोकले महा बोधको अमृतपान गरुन। एवं महा मैत्रीय

गुरु र मार्गको लोकमा सदा आशिस रही रहून्। ताराहरु असंख्य देखिएता पनि आकास

एउतै भए जस्तै संसारमा देखिएको समस्त धर्म र मार्गको मूल श्रोत अन्तत: एउतै हो।

त्यो हो वोध लोकको विभिन्न काल खण्डमा वोध भएको वा वोध प्राप्त भएको गुरुहरुबाट

समय अनुकुल लोक कल्याणको निमित्त भनि प्रतिपादित मार्गहरु वर्तमान क्षणमा बिभित

धर्म दर्शन मार्ग र संस्कृतिको रंगमा रंगिएको छ। धर्म र मार्गको नाममा झन् झन् सत्य

तत्वबाट विमुख हुँदै। सहि, गलत, पाप, धर्म, गुरु र मार्ग छुट्याउन नसकेर हो वा नचाहेर

अनायसै मनुस्यहरु अन्धकारमय तत्व-हिन दिशा तिर देखि रहेको छु। पूर्ववत एक भाव

गरि वोध प्राप्त गर्नु भएको बुद्ध केवल मार्ग इंगित गराउनु हुने मार्ग गुरु हुन् तथापी वर्तमान

क्षणमा पूर्ववत बुद्धको गुरु छैन भन्ने भ्रम लोकमा भएता पनि यस मार्ग गुरुको गुरु को

हुनुहुन्छ भन्ने प्रश्न र वास्तविकता यथेष्ट छदैछ। आस्तित्वमा आशिन अनेकौं भावहरु गुरुहरु

मार्गहरु अझै लोकमा रहस्य नै छ। समयको अत्यान्तिक अनुरुप गुरु मार्ग, दर्शन गराइरहेको

छु। समस्त गुरुहरुको एउतै मार्ग भएता पनि आ-आफ्नो शासन र स्थान हुने गर्दछ तथा

शासन अनुरुप फल प्राप्ति हुने गर्दछ। गुरु मार्ग त्यो मार्ग हो जुन मार्गमा समस्त लोक

प्राणि र वनस्पतिले मैत्री मार्ग अनुसरण गरि मुक्ति र मोक्ष प्राप्ति गर्दछ। मानव लोकमा

मनुस्यहरु स्वोतन्त्र छन्। धर्मको मार्गमा लिन हौस् या पाप चर्यमा जीवन व्यतित गरोस्।

यस लोकको अर्थ नै धर्म र पाप छुट्याउनु हो। तर मनुस्य आफुले गरेको राम्रो नराम्रो

कर्म अनुरुप फल सुनिश्चित छ। युगौ पछि लोकमा गुरु मार्गको अवतरण भएको छ।

समजदारी अहिंसा, दया, करुणा, प्रेम तथा मैत्री भावको रसले व्याकुल लोकलाई तृप्त

गरे मैत्रीको शासन स्थापित गराउनको निमित्त तर सर्वज्ञानको भावना राख्ने मनुस्यले

अहंकारवास वर्तमान यस गुरु क्षणको सद उपयोग गर्न सकेन। एक क्षण आत्मालाई साक्षी

राखी मानवकुलले भावन गरोस गुरुको यो तपस चार्य किन ? अन्तत केवल लोक प्राणी

र वनस्पतिको मुक्ति र मोक्षको निमित्त तथापी होला। कसैले गुरुबाट अन्य संसारिक

वस्तुको लाभ हुन्छा भन्ने आसय बोकेको तर गुरुले दिन सक्ने मात्र धर्म मार्ग मुक्ति र मोक्ष

हो। तर विडम्वना भनौया काल अदित देखि संक्रमित मनुस्यको मनोवृत्ति बदलामा गुरुलाई

दीइन्छ। आरोप, अविश्वास, हिंसा, वाधा, अड्चना यस मानव कुलको समाज र व्यवस्था

लगायत समस्त लोकलाई धर्म र मार्गको आवश्यकता पर्दछ, नाकी धर्मलाई मनुस्यहरुले

यो सत्य वोध गरुन् एवं मैत्री भाव तत्वको खोजमा जीवन यापन गरुन्। सत्य मार्गको

लोक व्यापी दर्शन गराउनको निमित्त आउने दिनहरु गुरु भ्रमण पनि हुनेनै छ।

सर्व मैत्री मंगलम अस्तु तथास्तु।।

महासम्बोधि धर्म संघ गुरु ज्यूद्वारा मिति २०६९ साल चैत्र २७ गते,

पत्थरकोट-१, सर्लाहीमा दिनु भएको मैत्री सन्देश
Teachings Speeches
DOCX PDF
 Prev Speech Next Speech 

भिडियोहरु

Maha Sambodhi Dharma Sangha Guru's Message In Patharkot Of April 9, 2013

चैत्र २७, २०६९ (09.04.2013)
फोटोहरु

Blessing Program in Patharkot in 2013

चैत्र २७, २०६९ (09.04.2013)

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.