मिति २०६९ भाद्र २५ गते सिन्धुलीमा भएको विश्व शान्ति मैत्री पूजामा, धर्म संघ गुरुज्युबाट भएको धर्म देशना ।

भाद्र २५, २०६९ (10.09.2012) / Updated on कार्तिक २०, २०६९ (05.11.2012) 302


धर्म संध

बोधि श्रवण धर्म संघाय

नमो मैत्री सर्व धर्म संघाय

सत्य धर्म र गुरुको अनुशरण गर्दै वर्तमान यो समयमा यहाँ उपस्थित–अनुपस्थित समस्त आत्माहरुलाई मैत्री मंगल गर्दै, लोक कल्यण एवं प्राणीधानको यस महा मैत्री मार्गमा आत्मा, शरीर, वचन र गुरुको साक्षी भई शास्वत धर्मको उद्धोष गरि रहेको छु । शास्वत सास भएको अजर, अमर, अविनाशि तत्वलाई बोध गर्नको निमित्त चित्तमा मात्र एकसुर धर्मलाई लिएर जीवन चर्या गर्नु पर्दछ । धर्म शब्द पूर्णतया आफैमा पर्याप्त छैन, कसरि धर्म मात्र एउटा शब्दमा अटाउन सक्छ ? जुन धर्म तत्वमा समस्त लोकहरु अडेको छ । धर्म कुनै बुझ्ने तत्व नभएर बोध गर्ने सत्य हो । मनुष्यहरु विचमा मात्र नभई, चराचर जगत प्राणी एवम् वनस्पति सम्म समागममा रहि दया, करुणा, प्रेम र मैत्री भाव गर्न सके, मैत्री भावको रस सेवन गर्न सके, अपूर्व मैत्री भावमा जिवन चर्या गर्न सकिन्छ । फलस्वरुप जीवन उपरान्त मुक्ति र मोक्ष प्राप्ती हुँनेछ । धर्मको नममा प्राणी हत्या, ऋद्धि–चमत्कारि देखाउनु, तन्त्र–मन्त्र गर्नु मात्र क्षणिक स्वार्थ पूर्तिको बाटो हो । धर्म मात्र त्यो हो, जसले प्राणीलाई भेदभाव रहित कर्म अनुरुप मुक्ति र मोक्षको मार्ग प्रदान गर्छ । परापूर्व कालदेखि लोकमा मनुष्यहरु भव सागरमा रूमलिएर तत्वहिन वस्तु र मार्गमा तत्वरुपी मनुष्य चोला लिएर पनि कल्पौंदेखि जान–अन्जानमा भौतारी रहेका छन् । किनकी पुण्यवान आत्माहरु जो कि शरणमा रहि सत्य मार्गको अनुसरण गरिरहेका छन् । एवम् गुरु स्वयम् पनि पूर्ववत हजारौ बुद्धहरु भन्दा उच्च गुरुहरुको धर्म शासनमा रहि आएको छ । भावि दिनहरुमा गुरु र धर्मको दर्शन गराउदै जाने नै छु र सदा गराई रहेको छु । असंख्य भाव सागरमा रुमलिएर तृष्णा वस संञ्चित गरेको कर्महरुको निवारण गर्नको निमित्त धर्मको शासनमा रहि, सुद्ध चित्तको भावना गर्दै, अखण्ड रुपले किञ्चित पनि विमुख नभई गुरुमार्गमा लागी पर्नु पर्दछ । म र मेरो भन्ने लोभ र अहंकार निभाउने ममतालाई त्यागेर सर्वप्रणी लोकको निमित्त अनाश्रव भावना गर्दै जिवन यापन गरेमा मात्र मुनुष्य जिवन सफल हुनेछ । अन्ततः लोकमा आउनुको उद्वेश्य के हो ? खोज कुन तत्वको हो ? सम्पूर्ण अस्तित्व लगायत अफु स्वयम् प्रतिको दायित्व र धर्म के हो ? आत्मा परमात्मा विचको सेतुहरु के हुन ? यस्ता असिम र सुख क्षणको अन्तर खोजमा जिवनको कालचक्र व्यतित गर्नु पर्दछ, ना कि क्षणिक विलासीता र भौतिक वन्धनहरु मात्र, अन्ततः भेदभाव रहित एक प्राणी, एक जगत, एक भाव, धर्म, एवम् मैत्री भाव स्थापित गर्दै, लोकलाई धर्म ध्वनिमा अल्पित गर्न र विश्वभरिका असंख्य व्याकुल मानवहरुलाई मैत्री रसले तृप्त गराउदै मार्ग दर्शन गराउन आउने समयमा गुरु भ्रमण हुने नै छ । गुरु सत्य छ, किनकि गुरु धर्ममा छ । मात्र गल्ती एउटै भौतिक संसारमा गुरुबाट धर्मको शासन विस्तार भएको छ । जे छ, सत्य छ ।

सर्व मैत्री मंगलम् अस्तु, तथस्तु ।।
 Prev Speech Next Speech 

भिडियोहरु

Mahasambodhi Dharmasangha’s Message In Sindhuli Of September 10, 2012

भाद्र २५, २०६९ (10.09.2012)

Thanks! Your translation has been sent.
Error occured sending translation. Probably this translation has already been submitted.